उदयपुरमा मोटरसाइकल पल्टिदा चालकको मृत्यु

`

     २०७८ भाद्र ०६ गते १०:५२

काठमाडौँ, ६ भदौ । उदयपुरको त्रियुगा नगरपालिका–३ मा प्र–१–०५–००१ प ३७१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किँदा चालक शान्तिराम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

त्रियुगा नगरपालिका घर भएका शान्तिरामको शव जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?