काठमाडौँ, ६ भदौ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा ९ खर्ब ६८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको तुलनामा९.८ प्रतिशतले रेमिट्यान्स बढेको हो।
गत आर्थिक वर्ष जम्मा १५ खर्ब ३९ अर्ब रुपैयाँको बराबरको बस्तु आयात भएको छ। औसतमा महिनाको १ खर्ब २८ अर्ब २५ करोड रुपैयाँको बस्तु आयात हुने देखिएको छ।
राष्ट्र बैंकका अनुसार गत आ. व. नेपालबाट भने जम्मा १ खर्ब ४१ अर्ब रुपैयाँको सामान बाहिरिएको छ।
गत आ. व. १३ खर्ब ९८ अर्ब रुपैयाँको ब्यापार घाटा भएको राष्ट्र बैंकले जनाएको छ। समीक्षा अवधिमा बस्तु आयात २८.७ प्रतिशतले बढ्दा निर्यात भने ४४.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ।




