काठमाडौँ, ६ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले अफगान नागरिकको सुरक्षाका लागि पहल गर्न नागरिक समूहले सरकारलाई अनुरोध गरेको छ ।
‘अविलम्ब अफगानहरूको सुरक्षा तथा सम्भावित शरणार्थीको समस्या सम्बोधन गर्न सार्क देशहरूको आपत्कालीन बैठक बोलाउन हामी आह्वान गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।




