विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

`

     २०७८ भाद्र ०४ गते ७:२५

काठमाडौँ, ४ भदौ । सरकारले विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरेको छ ।काठमाडौंमा कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिकाले आज भोलि र भदौ ८ गते बिहान १० देखि ५ गतेसम्म तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप लगाउन सुरु भएको जनाएको छ ।

खोप लगाउन पाइने भएपछि विद्यार्थीहरु प्रवेशपत्र बोकेर खोप केन्द्रमा पुगेका थिए भने खोप लगाउन पाउँदा खुसी देखिन्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?