काठमाडौँ, ४ भदौ । शुक्रबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा कारोबार हुंदा तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
आज चाँदी प्रतितोला तोलामा १५ रुपैयाँले बढेर १ हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।




