काठमाडौं, ३ भदौ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले विहीबार समाजवादी केन्द्र नेपालले आयोजना गरेको एक्काइसौं शताब्दीको माक्र्सवाद र समाजवाद विषयके अन्तरक्रिया कार्यक्रममा बैचारिक दृष्टिले समाजवादको नयाँ बाटो पहिल्याउनुपर्ने बताएका छन् ।
भट्टराईले बैचारिक ढंगबाट अगाडि बढ्न नसके आफूहरू पनि ‘अर्को केपी ओली’ हुने बताउदै नयाँ समाजवादको मोडल तयार गर्नुपर्ने बताएका छन् । त्यस्तै, उनले एकजुट भएर जनताको हितलाई केन्द्रमा राखेर २१ औँ शताब्दीको माक्र्सवाद र समाजवादअनुसार कम्युनिष्ट पार्टीहरू अघि बढ्नुपर्ने जिकिर गरेको छ ।
वैचारिक रूपमा समाजवादको धारणा तय गर्न नसक्नु नै आजको समस्या भएको बताउदै उनले भने ‘कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्न छाड्यो । महाधिवेशन छैन । टीका लगाएको व्यक्तिले पार्टीको नेतृत्व गरिरहेको छ ।’
माधबकुमार नेपाल पक्षले नयाँ दल दर्ता गरेकोबारे बाल्दै उनले भनेका छन्, ‘माधवजीले पनि एमाले समाजवादी दर्ता गर्नुभएको छ । हामीलाई पनि चुनाव चिन्ह छोड्न गाह्रो भएको छ ।’




