काठमाडौँ, ३ भदौ । गुगलले अब एन्ड्रोइडको २.३.७ र त्यो भन्दा पुरानो संस्करणको अपरेटिंग सिस्टम रहेका एन्ड्रोइड फोनहरुमा आफ्नो सेवा बन्द गर्ने भएको छ ।
आगामी सेप्टेम्बर २७ देखि गुगलले त्यसको सुरुआत गर्न लागेको छ । त्यो सँगै उक्त पुरानो भर्सनको एन्ड्रोइड अपरेटिंग सिस्टम रहेका स्मार्टफोन प्रयोगकर्ताले आफ्नो फोनमा गुगल ड्राइभ, गुगल अकाउन्ट तथा युट्युब पनि हेर्न पाउने छैनन् ।
सेप्टेम्बर २७ पछि स्मार्टफोनमा गुगलका सेवा प्रयोग गर्नका लागि एन्ड्रोइडको कम्तिमा पनि ३.० वा त्योभन्दा पछिल्लो संस्करण हुनु आवश्यक छ ।
पुरानो भर्सनमा गुगल एपहरु प्रयोग गर्न नसकिएपनि ब्राउजरका माध्यमबाट जिमेल अकाउन्ट चलाउन सकिनेछ । तर २.३.७ र त्यो भन्दा पूराना एन्ड्रोइड भर्सनका स्मार्टफोनमा गुगल एपमा लगइन गर्न सकिनेछैन ।



