तालिबानका लडाकूले आन्दोलनको कभरेज दिइरहेका पत्रकारलाई पनि कुटपिट गरेका थिए ।

उक्त घटनामा कसैलाई गोली लागेको नलागेको भन्ने खुल्न सकेको छैन । यसअघि मंगलबार अफगानिस्तानका महिलाहरुले आफूहरुको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए । सामाजिक सञ्जालमा देखिएको भिडियोमा महिलाहरुले आफ्नो अधिकार, सामाजिक सुरक्षा, काम गर्ने, शिक्षा तथा राजनीतिक सहभागिताको अधिकार माग गरिरहेको देख्न सकिन्छ ।

अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि पहिलोपटक तालिबानविरुद्ध अफगानिस्तानमा प्रदर्शन भएको हो । अहिले कैयौं अफगानी नागरिक मुलुक छाडेर भागिसकेका छन् भने धेरै मानिसहरु बाहिरिने प्रतीक्षामा विमानस्थलमा छन् ।

" /> राष्ट्रिय झण्डाको समर्थनको प्रदर्शनमा तालिबानले चलायो गोली - Sarbocha Media

राष्ट्रिय झण्डाको समर्थनको प्रदर्शनमा तालिबानले चलायो गोली

`

     २०७८ भाद्र ०२ गते ११:५५

काठमाडौं, २ भदौ । बुधबार जलालबादमा कार्यालयहरुमा तालिबानको सट्टामा राष्ट्रिय झण्डा राख्नुपर्ने माग गर्दै प्रदर्शन भएको थियो । तर, प्रदर्शनमा उत्रिएका मानिसहरुमाथि तालिबानका लडाकूले गोली चलाएको स्थानीय समाचार एजेन्सी पाज्झोक अफगान न्युजले जनाएको छ ।

तालिबानका लडाकूले आन्दोलनको कभरेज दिइरहेका पत्रकारलाई पनि कुटपिट गरेका थिए ।

उक्त घटनामा कसैलाई गोली लागेको नलागेको भन्ने खुल्न सकेको छैन । यसअघि मंगलबार अफगानिस्तानका महिलाहरुले आफूहरुको अधिकार रक्षाको माग गर्दै आन्दोलन गरेका थिए । सामाजिक सञ्जालमा देखिएको भिडियोमा महिलाहरुले आफ्नो अधिकार, सामाजिक सुरक्षा, काम गर्ने, शिक्षा तथा राजनीतिक सहभागिताको अधिकार माग गरिरहेको देख्न सकिन्छ ।

अगष्ट १५ मा तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएपछि पहिलोपटक तालिबानविरुद्ध अफगानिस्तानमा प्रदर्शन भएको हो । अहिले कैयौं अफगानी नागरिक मुलुक छाडेर भागिसकेका छन् भने धेरै मानिसहरु बाहिरिने प्रतीक्षामा विमानस्थलमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?