नेप्से हालसम्मकै उच्च विन्दुमा

`

     २०७८ भाद्र ०२ गते ८:५६

काठमाडौं, २ भदौ । नेप्से हालसम्मकै उचच विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय माथि पुगेर नयाँ रेकर्ड कायम भएको छ ।

यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ । कारोबार रकमले भने २१ अर्ब माथिको यस अघिको रेकर्ड तोड्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?