तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा गर्दै आएका हुन् । त्यस लगत्तै ती स्थानका नागरिक सुरक्षा खोज्दै काबुल आएका र अहिले पनि उनीहरु त्यहीँ रहेका छन् ।

अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले सो कुरा बताएका छन् । उनीहरुले काबुलका विभिन्न खुल्ला क्षेत्र र विमानस्थलमा हजारौँ नागरिकको भीडभाड रहेको छ ।

उता अफगानिस्तानको राजधानी काबुल नै तालिबानले कब्जा गरेपछि विदेशी नागरिक पनि आफ्नो देश फर्किन काबुलको विमानस्थलमा जम्मा भएका छन् ।

आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । ती अफगान र विदेशी नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाइएको छ ।

उनीहरुलाई आवश्यक पर्ने खाद्यान्न तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको सो एजेन्सीले जानकारी दिएको छ ।

उपस्थित ठूलो संख्याका विदेशी नागरिक स्वदेश फर्किन चाहे पनि आवश्यक मात्रामा उडान नहुँदा समस्या भएको छ ।

" /> अफगानिस्तान : काबुल तथा अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा मानिस अलपत्र - Sarbocha Media

अफगानिस्तान : काबुल तथा अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा मानिस अलपत्र

`

     २०७८ भाद्र ०२ गते ८:४२

एजेन्सि, २ भदौ । अफगानिस्तानको राजधानी काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएकेहरुको भीड लागेको छ ।

अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरु भागेर त्यहाँ आएका हुन् ।

तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा गर्दै आएका हुन् । त्यस लगत्तै ती स्थानका नागरिक सुरक्षा खोज्दै काबुल आएका र अहिले पनि उनीहरु त्यहीँ रहेका छन् ।

अफगानिस्तानमा रहेका संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधिले सो कुरा बताएका छन् । उनीहरुले काबुलका विभिन्न खुल्ला क्षेत्र र विमानस्थलमा हजारौँ नागरिकको भीडभाड रहेको छ ।

उता अफगानिस्तानको राजधानी काबुल नै तालिबानले कब्जा गरेपछि विदेशी नागरिक पनि आफ्नो देश फर्किन काबुलको विमानस्थलमा जम्मा भएका छन् ।

आवश्यक मात्रामा उडान हुन नसक्दा हजारौँ नागरिक विमानस्थलमै बसेका छन् । ती अफगान र विदेशी नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाइएको छ ।

उनीहरुलाई आवश्यक पर्ने खाद्यान्न तथा बस्ने व्यवस्थाका लागि सो एजेन्सीले काम गरिरहेको सो एजेन्सीले जानकारी दिएको छ ।

उपस्थित ठूलो संख्याका विदेशी नागरिक स्वदेश फर्किन चाहे पनि आवश्यक मात्रामा उडान नहुँदा समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?