अध्यादेश ल्याएसंगै राष्ट्रपतिलाई भेट्न शितलनिवासमा देउवा

`

     २०७८ भाद्र ०१ गते ८:३३

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितलनिवास पुगेका छन्।

प्रधानमन्त्री देउवाका निजी सचिव भानु देउवाले प्रधानमन्त्री शितल निवास गएको बताए। ‘उहाँ भर्खरै शितल निवास जानु भएको छ,’ उनले भने।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश पास गरेको थियो। उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?