काठमाडौँ, ३२ साउन । तालिबान चरमपन्थीले काबुलमा कब्जा र जीतको घोषणा गरेको १ दिनपछि एउटा नयाँ भिडियो जारी गरेको छ ।
तालिबानका अन्य लडाकूसँग बसेका मुल्ला बरादर अदुन्दले यो भिडियोमा भनेका छन्, ‘अब केही नयाँ गर्ने समय आएको छ । हामी देशभरी शान्ति कायम गर्नेछौं । हामी मानिसहरुको जीवन उत्कृष्ट बनाउनका लागि जति सक्दो प्रयास गर्नेछौं ।’
उनले थपे, ‘हामी जसरी यहाँसम्म पुग्यौं त्यो हामीले सोचेका पनि थिएनौं र जुन स्थानमा छौं, त्यसको आशै थिएन ।’
तालिबानका एक अधिकारीले देशमा स्थिति पूर्ण रुपमा शान्तिपूर्ण भएको र कतै पनि संघर्ष नभएको दाबी गरेका छन् ।




