चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्र नै बस्न र पछिल्लो घटनाक्रमबारे जानकारी दिएको छ । उसले अफगानिस्तानका विभिन्न समूहलाई आफ्ना नागरिकको सुरक्षाका लागि आग्रह गरेको जनाएको छ । त्यस्तै, रुसको विदेश मन्त्रालयले पनि राज्यद्वारा सञ्चालित मिडियालाई अफगानिस्तान छाड्ने सरकारको कुनै योजना नरहेको बताएको छ ।

अमेरिका र उसका सहयोगी राष्ट्रहरूले भने आफ्ना दूतावास खाली गराएका छन् ।

तालिबानका प्रतिनिधिहरूले गत जुलाईको अन्त्यमा चीन भ्रमण गरेर विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । यस भेटलाई तालिबानलाई राजनीतिक शक्तिको रूपमा अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको थियो ।

चीनको विदेश मन्त्रालयले चीनले अफगानिस्तानको आन्तरिक मामिलामा ‘हस्तक्षेप नगर्ने’ नीति अवलम्बन गर्ने जनाएको थियो ।

" /> अफगानिस्तान : चीन र रुसले दूतावास खाली नगर्ने - Sarbocha Media

अफगानिस्तान : चीन र रुसले दूतावास खाली नगर्ने

`

     २०७८ श्रावण ३२ गते ८:२९

काठमाडौँ, ३२ साउन । चीन र रुसले काबुलमा रहेको आफ्ना दूतावास बन्द नगर्ने सङ्केत दिएको छ ।

चीनले अफगानिस्तानमा रहेका आफ्ना नागरिकलाई घरभित्र नै बस्न र पछिल्लो घटनाक्रमबारे जानकारी दिएको छ । उसले अफगानिस्तानका विभिन्न समूहलाई आफ्ना नागरिकको सुरक्षाका लागि आग्रह गरेको जनाएको छ । त्यस्तै, रुसको विदेश मन्त्रालयले पनि राज्यद्वारा सञ्चालित मिडियालाई अफगानिस्तान छाड्ने सरकारको कुनै योजना नरहेको बताएको छ ।

अमेरिका र उसका सहयोगी राष्ट्रहरूले भने आफ्ना दूतावास खाली गराएका छन् ।

तालिबानका प्रतिनिधिहरूले गत जुलाईको अन्त्यमा चीन भ्रमण गरेर विदेश मन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । यस भेटलाई तालिबानलाई राजनीतिक शक्तिको रूपमा अन्तर्राष्ट्रिय मान्यताको रूपमा हेरिएको थियो ।

चीनको विदेश मन्त्रालयले चीनले अफगानिस्तानको आन्तरिक मामिलामा ‘हस्तक्षेप नगर्ने’ नीति अवलम्बन गर्ने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?