काठमाडौँ, ३२ साउन । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज १ सय रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा झरेको हो ।
यस्तै, चाँदी आज सोमबार प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २०० रुपैयाँ कायम भएको छ ।
यता तेजाबी सुनको मूल्य भने गत आइतबारको मूल्य एक सय रुपैयाँले घट्दै सोमबार ९० हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




