काठमाडौँ, ३१ साउन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा कोभिड–१९ का ७३० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
जसमा काठमाडौँमा ५२२, भक्तपुरमा ६३ र ललितपुरमा १५४ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या ११ हजार ७८६ पुगेको छ ।
हाल देशभर ३५ हजार १८ जना होम आइसोलेसनमा, चार हजार २८० जना संस्थागत आइसोलेसनमा, ७५८ जना आईसीयू तथा १९३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।




