काठमाडौँ, ३१ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार २१२ जनामा कोरोना संक्रमित पुष्टि भएको जनाएको छ ।
देशभर १२ हजार १ सय ६ वटा स्वाब नमुनाको परीक्षण गर्दा २२१२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार २९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण ३३ जनाको मृत्यु पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।




