काठमाडौं, २९ साउन । शुक्रबार सुनको मुल्यमा बृद्धि हुँदा चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले बढेर प्रतितोला ८९ हजार ७ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार २५० रहेको छ ।
त्यसैगरी चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले घटेर प्रतितोला ११८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




