काठमाडौँ, २८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् ।
केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ४२ जना सांसदको समर्थनसहित कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका थिए ।
बुधबार नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न आज ३ बजेसम्मको समय दिएका थिए ।
गठबन्धनमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३, जनमोर्चाका १ र १ स्वतन्त्र जना गरी ४२ जना सांसद छन् भने एमालेका ३७ सांसद छन् ।
गठबन्धनमा हृदेयश त्रिपाठी समूहमबाट सूर्य चुनाव चिन्ह लिएर जितेका सांसद अजय शाही पनि गठबन्धनमा मिसिए पछि विपक्षी गठबन्धनको संख्या ४३ पुगेको थियो ।
मुख्यमन्त्रीमा नियुक्त केसीको आजै शपथ ग्रहणको कार्यक्रम रहेको छ ।




