प्रतिष्ठानमा पदाधिकारीहरुकै मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोप लगाउँदै चिकित्सक तथा विद्यार्थीहरुले छानबिनको माग गर्दै आएका छन् । यही विषयमा लामो समयदेखि आन्दोलन पनि जारी छ। प्रतिष्ठानमा भएका अनियमितताबारे अख्तियारमा उजुरीका चाङ नै छ।

खासगरी स्वास्थ्य उपकरणदेखि प्रतिष्ठानमा चाहिने सामग्रीहरु खरीदमा अनियमितता भएको आरोप आन्दोलनकारीले लगाउँदै आएका छन्। त्यसो त विभिन्न समयमा गठित छानबिन समितिले पनि अनियमितता भएको ठहर गरेका थिए। तर, ती प्रतिवेदनहरु थन्केको थन्क्यै भएका छन्।

" /> विपी प्रतिष्ठानमा अख्तियारको छापा - Sarbocha Media

विपी प्रतिष्ठानमा अख्तियारको छापा

`

     २०७८ श्रावण २८ गते ९:१५

काठमाडौँ, २८ साउन । विगत देखि आर्थिक अनियमितताको आरोप खेपिरहेको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

अख्तियारको काठमाडौं र इटहरीस्थित कार्यालयको संयुक्त टोलीले प्रतिष्ठानमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिएको अख्तियार स्रोतले जनाएको छ। खरीद सम्बन्धि कागजातहरु नियन्त्रणमा लिएको अख्तियार स्रोतको भनाइ छ ।

प्रतिष्ठानमा पदाधिकारीहरुकै मिलेमतोमा आर्थिक अनियमितता भइरहेको आरोप लगाउँदै चिकित्सक तथा विद्यार्थीहरुले छानबिनको माग गर्दै आएका छन् । यही विषयमा लामो समयदेखि आन्दोलन पनि जारी छ। प्रतिष्ठानमा भएका अनियमितताबारे अख्तियारमा उजुरीका चाङ नै छ।

खासगरी स्वास्थ्य उपकरणदेखि प्रतिष्ठानमा चाहिने सामग्रीहरु खरीदमा अनियमितता भएको आरोप आन्दोलनकारीले लगाउँदै आएका छन्। त्यसो त विभिन्न समयमा गठित छानबिन समितिले पनि अनियमितता भएको ठहर गरेका थिए। तर, ती प्रतिवेदनहरु थन्केको थन्क्यै भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?