काठमाडौँ, २७ साउन । पछिल्लो २४ घण्टामा थप ३,४८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरमा १० हजार ९०७ पीसीआर परीक्षणमा २,६१६ र ५,७४९ एन्टिजेन परीक्षणमा ८६५ जना गरी ३,४८७ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमध्ये काठमाडौँ उपत्यकामा ९६४ थप नयाँ संक्रमित रहेका छन् ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




