त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूलयमा उच्च वृद्धि हुने कम्पनीहरुमा आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रु रु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैङ्क, अरुण काबेली पावर, नेपाल हाइड्रो डेभलपर्श र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ ।

त्यस्तै, जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६८ करोडको कारोबार भएको छ ।

" /> शेयर बजारमा झिनो अङ्कको वृद्धि १५ अर्ब ४५ करोडको कारोबार - Sarbocha Media

शेयर बजारमा झिनो अङ्कको वृद्धि १५ अर्ब ४५ करोडको कारोबार

`

     २०७८ श्रावण २७ गते ९:५२

काठमाडौँ, २७ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबारको चौथो दिन आज बुधबार सामान्य अंकको बृद्धि आएको छ । आज नेप्से ०.७६ अङ्कले बढेर तीन हजार एक सय ६२ दशमलब ४१ विन्दुमा पुगेको हो ।

नेप्सेका अनुसार आज १५ अर्ब ४५ करोड ५९ लाख बराबरको कारोबार भएको छ । मंगलबार भने १७ अर्ब ८४ करोड ६१ लाख बराबरको कारोबार भएको थियो ।

त्यस्तै, आज कारोबार भएका कम्पनीमध्ये ९ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूलयमा उच्च वृद्धि हुने कम्पनीहरुमा आइसीएफसी फाइनान्स, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रु रु जलविद्युत परियोजना, जीवन विकास लघुवित्त, युनियन लाइफ इन्स्योरेन्स, एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट बैङ्क, अरुण काबेली पावर, नेपाल हाइड्रो डेभलपर्श र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ ।

त्यस्तै, जानकी फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अप्पर तामाकोशी हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको आज ६८ करोडको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?