काठमाडौँ, २७ साउन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने चाँदी पनि थप १५ रुपैयाँले घट्दै १ हजार १९५ रुपैयाँमा कारोबार भएको छ ।
मंगलबार बजारमा सुन प्रतितोला ८९ हजार २०० रुपैयाँ र चाँदी एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको मूल्य समेत बुधबार ८८ हजार ३५० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।




