परीक्षामा धेरै भीडभाड हुने भन्‍दै विद्यार्थीहरुले पद्मकन्‍या क्‍याम्पस अगाडि प्रदर्शन गर्दै परीक्षा रोक्न माग गरेका हुन् । उनीहरुमध्ये केहीले कलेजको बाहिर प्रदर्शन गरेका छन् भने केहीले कलेज परिसरभित्र पुगेरै प्रदर्शन गरेका छन् ।

पद्मकन्या कलेजमा विभिन्न १८ वटा कलेजका सिफ्ट अनुसार परीक्षा तोकिएको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयले परीक्षाको तालिका आइसकेको भदौ ५ गतेसम्मको परीक्षा स्थगित नगर्ने भन्‍दै यथावतमै सञ्चालन गर्ने निर्णय गरेको थियो ।

" /> ‘नो भ्‍याक्सिन, नो एक्जाम’ भन्‍दै पद्‌मकन्या क्याम्पसमा प्रदर्शन, ६ जना नियन्त्रणमा - Sarbocha Media

‘नो भ्‍याक्सिन, नो एक्जाम’ भन्‍दै पद्‌मकन्या क्याम्पसमा प्रदर्शन, ६ जना नियन्त्रणमा

`

     २०७८ श्रावण २६ गते १२:०५

काठमाडौँ, २६ साउन । बागबजारस्थित पद्मकन्या क्याम्पसमा त्रिविको परीक्षा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

‘नो भ्‍याक्सिन, नो एक्जाम’ भन्‍दै नाराबाजी गरिरहेका ६ जनालाई नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए । नियन्त्रणमा लिएका उनीहरुलाई नगर प्रहरी भृकुटीमण्डपमा राखिएको छ ।

परीक्षामा धेरै भीडभाड हुने भन्‍दै विद्यार्थीहरुले पद्मकन्‍या क्‍याम्पस अगाडि प्रदर्शन गर्दै परीक्षा रोक्न माग गरेका हुन् । उनीहरुमध्ये केहीले कलेजको बाहिर प्रदर्शन गरेका छन् भने केहीले कलेज परिसरभित्र पुगेरै प्रदर्शन गरेका छन् ।

पद्मकन्या कलेजमा विभिन्न १८ वटा कलेजका सिफ्ट अनुसार परीक्षा तोकिएको छ ।

यसअघि त्रिभुवन विश्वविद्यालयले परीक्षाको तालिका आइसकेको भदौ ५ गतेसम्मको परीक्षा स्थगित नगर्ने भन्‍दै यथावतमै सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?