काठमाडौँ, २६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४९०४ जना नयाँ संक्रमित थपिएका छन् । देशभर आरटी पीसीआर परिक्षण गर्दा ३१९४ जना र एन्टिजन परिक्षण गर्दा १७१० जना गरि जम्मा ४९०४ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २११५ जना कोरोनामुक्त भएका छन् । योसँगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७३ हजार १९८ पुगेको छ ।
२४ घण्टामा कोरोनाका काराण मृत्यु हुनेको संख्या ३५ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार १५० पुगेको छ मन्त्रालयले जनाएको छ ।




