शाक्यलाई यसअघि नै पदबाट हट्न ऊर्जामन्त्री पम्फा भुसालले बोलाएर भनेकी थिइन । तर, उनले अस्वीकार गरेका थिए । शाक्यले आफू बरु अदालत जाने जवाफ दिएका थिए । त्यसपछि प्रक्रिया मिलाएर उनलाई हटाउने भित्री कदम चालिएको बुझिएको छ ।

घिसिङलाई दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रचण्डको चाहना बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री भुसाललाई निर्देशन दिइसकेका छन् । उनले प्रक्रिया मिलाएर प्रस्ताव ल्याउन भनेका थिए ।

" /> सरकारले आजै कुलमानलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी - Sarbocha Media

सरकारले आजै कुलमानलाई नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी

`

     २०७८ श्रावण २५ गते १०:३३

काठमाडौँ, २५ साउन । आज साँझ बस्ने मन्त्रिपरिषद्को बैठकले केही महत्वपूर्ण निर्णयहरु गर्ने भएको छ । सम्भवत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गर्न सक्ने बुझिएको छ ।

शाक्यलाई यसअघि नै पदबाट हट्न ऊर्जामन्त्री पम्फा भुसालले बोलाएर भनेकी थिइन । तर, उनले अस्वीकार गरेका थिए । शाक्यले आफू बरु अदालत जाने जवाफ दिएका थिए । त्यसपछि प्रक्रिया मिलाएर उनलाई हटाउने भित्री कदम चालिएको बुझिएको छ ।

घिसिङलाई दोस्रोपटक प्राधिकरणको कार्यकारी निर्देशक बनाउन प्रचण्डको चाहना बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाले ऊर्जामन्त्री भुसाललाई निर्देशन दिइसकेका छन् । उनले प्रक्रिया मिलाएर प्रस्ताव ल्याउन भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?