काठमाडौँ, २५ साउन। नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा सोमबार सामान्य अंकले आरोलो लागिरहेको छ ।
यो समाचार तयार पार्दासम्म नेप्सेमा करिब २ अंकको गिरावट आएको छ भने तीन अर्ब ४४ करोडको कारोबार भएको छ ।
नेप्सेका अनुसार यस अवधिमा शेयर बजार घटेपनि ङादी ग्रुप पावर र युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
आज ङादी ग्रुप पावरको शेयरमूल्य १०६ रुपैयाँले प्रतिकित्ता ११७२ रुपैयाँ पुगेको छ भने युनियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य ५३ रुपैयाँले बढेर प्रतिकित्ता ५८३ रुपैयाँ पुगेको छ ।




