काठमाडौं, २४ साउन । नेपाल भूमिहीन सुकुम्बासी संगठन भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजको माग गर्दै काठमाडौंको कोटेश्वरमा विरोधमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरुले भूमिसम्बन्धी समस्या समाधान आयोग पुनः स्थापना गर,लगायतका नारा लगाएका थिए । प्रदर्शनमा सहभागी एमालेका सांसद एवं संगठनकी अध्यक्ष शान्ता चौधरीले परमादेशबाट आएको सरकारले जनतामाथि प्रहार गरेको आरोप लगाए ।
तत्कालीन प्रधानमन्त्री नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा बाँड्न भन्दै २०७७ वैशाख ३ गते देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा आयोग गठन गरेको थियो भने वर्तमान सरकारले आयोग खारेज गर्ने निर्णय गरेको थियो ।




