उक्त खोप आज बिहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ । यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई पहिलो डोजका रूपमा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भुटानले आफ्नो जनसङ्ख्या भन्दा बढी खोप प्राप्त गरेपछि बाँकी रहेको खोप नेपाललाई अनुदानमा दिएको हो । उसले ‘कोभ्याक्स’ सुविधा र विभिन्न मुलुकबाट ९ लाख भन्दा बढी खोप पाएको थियो ।

" /> भुटानले ल्याइदियो नेपाललाई ३ लाख डोज एस्ट्रजेनका खोप - Sarbocha Media

भुटानले ल्याइदियो नेपाललाई ३ लाख डोज एस्ट्रजेनका खोप

`

     २०७८ श्रावण २२ गते ६:०६

काठमाडौँ, २२ साउन । भुटानले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ३ लाख डोज खोप नेपाल आइपुगेको छ । भुटानले आफ्नै राष्ट्रिय ध्वजा बाहक विमान डुक एयरबाट तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल ल्याइदिएको हो ।

उक्त खोप आज बिहान नौ बजेर चालिस मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको बताइएको छ । यो खोपलाई टेकुमा भण्डारण गरेर राखिने र प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई पहिलो डोजका रूपमा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भुटानले आफ्नो जनसङ्ख्या भन्दा बढी खोप प्राप्त गरेपछि बाँकी रहेको खोप नेपाललाई अनुदानमा दिएको हो । उसले ‘कोभ्याक्स’ सुविधा र विभिन्न मुलुकबाट ९ लाख भन्दा बढी खोप पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?