काठमाडौं, २० साउन । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले वैकल्पिक बाटो दिए प्राधिकरण छाड्न तयार रहेको जानकारी दिए।
उनले आफूलाई राजीनामा दिन कसैले पनि नभनेको तर, अरु कुनै जिम्मेवारी दिन सकिन्छ कि भनेर उर्जामन्त्रीले सोधेको जानकारी दिए । आफूले राम्रो काम गरिरहेकाले जिम्मेवारीविहीन गर्न नमिल्ने उनको तर्क छ ।
त्यस्तै शाक्यले आफूले प्राधिकरणलाई अघि बढाउन धेरै काम गरेको दाबी गरे । कोरोनाको जोखिमका बाबजुद् पनि प्राधिकरणले सुधारात्मक काम गरेको उनको भनाइ छ ।




