काठमाडौं, २० साउन । बुधबार सुनको मुल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।
त्यसैगरी चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १२८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




