काठमाडौँ, १९ साउन । मंगलबार सेयर बजारको परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ। बजार ३ हजार १११ अंकमा पुगेको छ। जुन अंक अहिलेसम्मकै उच्च हो।
मंगलबार परिसूचक २६ अंकले बढेको हो। दिनभर ११ अर्ब ५२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
समूहगत रुपमा हेर्दा यस दिन बैंकिङ २, फाइनान्स १०, होटल तथा पर्यटन १२, जलविद्युत ६६, जीवन बीमा ११९, उत्पादन ४१, माइक्रोफाइनान्स २२१, निर्जीवन बीमा ६०, अन्य २५ र ब्यापार समूह १०१ अंकले बढे।
विकास बैंक समूह भने २ अंकले घटेको छ। कुल १३१ कम्पनीको मूल्य बढेको छ भने ४७ कम्पनीको मूल्य घटेको छ। ७ कम्पनीको मूल्य स्थिर रहेको छ।




