काठमाडौँ, १९ साउन । प्रधानसेनापति पूर्णचन्द्र थापा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्यान्डी बेरीबीच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ।
नेपाली सेनाको अनुसार भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।
यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



