घुघुतिस्थित साना जलविद्युत् आयोजनाले वितरण गरेको विद्युत् लाइनमा राष्ट्रिय प्रशारण लाइन जोडिएको हो । घुघुतिबाट उत्पादित विद्युत् नियमित नहुँदा जुम्लावासी दैनिक १५ घण्टे लोडसेडिङ भोग्न बाध्य थिए ।

चालु आर्थिक वर्षभित्र ४ हजार ५ सय घरमा विद्युत् सेवा पुर्‍याउने प्राधिकरणको लक्ष्य छ । अहिले सदरमुकाम खलंगाभित्रै जुगाडखोला लघुजलविद्युत् आयोजना र ठिन्के जलविद्युत् आयोजना पनि सञ्चालनमा छन् ।

" /> जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडियो - Sarbocha Media

जुम्ला राष्ट्रिय प्रसारण लाइनमा जोडियो

`

     २०७८ श्रावण १९ गते ७:१८

खलंगा, १९ साउन । जुम्ला सदरमुकाम खलंगा आइतबारदेखि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । विद्युत् प्राधिकरणले राष्ट्रिय प्रसारण लाइन पुर्‍याएसँगै खलंगासहित वरपरका गाउँका २ हजार १ सय घरमा एकैसाथ बिजुली बलेको हो ।

घुघुतिस्थित साना जलविद्युत् आयोजनाले वितरण गरेको विद्युत् लाइनमा राष्ट्रिय प्रशारण लाइन जोडिएको हो । घुघुतिबाट उत्पादित विद्युत् नियमित नहुँदा जुम्लावासी दैनिक १५ घण्टे लोडसेडिङ भोग्न बाध्य थिए ।

चालु आर्थिक वर्षभित्र ४ हजार ५ सय घरमा विद्युत् सेवा पुर्‍याउने प्राधिकरणको लक्ष्य छ । अहिले सदरमुकाम खलंगाभित्रै जुगाडखोला लघुजलविद्युत् आयोजना र ठिन्के जलविद्युत् आयोजना पनि सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?