काठमाडौं, १८ साउन । सरकारले कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकृत डा जागेश्वर गौतमलाई निस्काशन गरीएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रीस्तरिय निर्णय गर्दै डा। गौतमलाई हटाएको हो । डा। गौतम प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएको दिनदेखी नै उपकरण खरिदमा विवादित बनेका थिए ।
डा। गौतमलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले जेठ १० गते प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो ।
मन्त्रालयले डा। गौतमलाई थापाथलीस्थित प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको छ ।




