काठमाडौं, १८ साउन । कोभिड–१९ को तेस्रो लहरको जोखिम बढ्दै गएपछि सञ्चालन गरिँदै आएका परीक्षा र साउन २० देखि सुरु हुन लागेका विश्वविद्यालयअन्तर्गतका परीक्षा स्थगन गरेर आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी गरिएको छ ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्री उमेश श्रेष्ठले यसबारे शिक्षा मन्त्रालयसँग परामर्श भइरहेको र यसबारे केही बेरमा जानकारी दिइने बताएका छन् ।
त्रि.वि.को आधिकारिक फेसबुक पेजमार्फत पनि परीक्षा सञ्चालनबारे छलफल भइरहेको र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने तयारी गरिएको भनिएको छ ।



