विपक्षी दलहरुले यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै सरकारसँग समय माग गरेका थिए । मुख्यमन्त्री राईले दलहरूसँगको सहमतिमा यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने पक्षमा रहेको बताए । सोही अनुरुप आफूले दलहरूसँग छलफल थालेको पनि उनले जानकारी दिए ।

उनले प्रदेशको नामकरणको विषयमा सहमति जुटाउन यो एक साताको अवधिमा अधिकतम छलफल गर्ने बताए ।

प्रदेश १ लाई कसैले भूगोल, कसैले नदी, कसैले जातीय पहिचानको झल्कने गरी नामकरण गर्नुपर्ने माग गर्दै आएका छन् । प्रदेश १ नामकरणका लागि किराँत, लिम्बुवान, कोशी, सगरमाथा, किराँत लिम्बुवान, किराँत लिम्बुवान सगरमाथा, कोशी किराँत, कोशी किराँत लिम्बुवान लगायतको नाम बहसमा आएको छ ।

" /> प्रदेश १ को प्रदेशसभा बैठक साउन २१ का लागि आह्वान, प्रदेशको नामकरण होला त? - Sarbocha Media

प्रदेश १ को प्रदेशसभा बैठक साउन २१ का लागि आह्वान, प्रदेशको नामकरण होला त?

`

     २०७८ श्रावण १७ गते १०:३७

काठमाडौँ, १७ साउन । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन २१ गते बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् ।

प्रदेश सरकारले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईले सरकारका तर्फबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारीका साथ केही दिन अघिमात्र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच परामर्श गरेका थिए ।

विपक्षी दलहरुले यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै सरकारसँग समय माग गरेका थिए । मुख्यमन्त्री राईले दलहरूसँगको सहमतिमा यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने पक्षमा रहेको बताए । सोही अनुरुप आफूले दलहरूसँग छलफल थालेको पनि उनले जानकारी दिए ।

उनले प्रदेशको नामकरणको विषयमा सहमति जुटाउन यो एक साताको अवधिमा अधिकतम छलफल गर्ने बताए ।

प्रदेश १ लाई कसैले भूगोल, कसैले नदी, कसैले जातीय पहिचानको झल्कने गरी नामकरण गर्नुपर्ने माग गर्दै आएका छन् । प्रदेश १ नामकरणका लागि किराँत, लिम्बुवान, कोशी, सगरमाथा, किराँत लिम्बुवान, किराँत लिम्बुवान सगरमाथा, कोशी किराँत, कोशी किराँत लिम्बुवान लगायतको नाम बहसमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?