काठमाडौँ, १५ साउन । केहिदिनदेखि नेपाली बजारमा सुनको भाउ निरन्तर वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको भाउ प्रतितोला ९२ हजार चार सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । मंगलबार र बुधबार पनि सुनको मूल्य तोलामा तीन/रतीन सयले बढेको थियो ।
महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ९ सय रहेको छ भने तेजावी सुनको भाउ ९२ हजार ४ सय रहेको छ ।
साथै आज चाँदीको भाउ पनि बढेको छ। हिजो चाँदीको मूल्य १ एक हजार ३ सय ७० मा कारोबार भएकोमा आज बढेर तोलामा १ हजार २ सय ८५ कायम गरिएको महासंघले जनाएको छ ।




