काठमाडौँ, १५ साउन । नेकपा एमाले साउन १५ का अवसरमा केन्द्रीय कार्यालय थापाथलीमा आज खीर खुवाउने भएको छ ।
नेपाली किसानहरूले साउन १५ लाई खीर खाने दिनका रूपमा मनाउँदै आएको र त्यसैलाई निरन्तरता दिन एमालेले खीर खाने कार्यक्रम आयोजना गरेको हो । त्यसका लागि शुक्रबार दिउँसो २ बजेदेखि ३ बजेसम्म सबैलाई पार्टी कार्यालयमा आउन निम्ता पठाइएको तामाङले जानकारी दिए ।




