बिहीबार बिहानको बसेको सत्तापक्षको बैठकमा माधव नेपाललाई नपर्खिने निर्णय भएको थियो । तर प्रचण्ड र नेपालबीच दिउँसो भएको भेटपछि केही दिन पर्खिने भएको छ ।

नेपाल पक्ष सरकारमा नआएको अवस्थामा माओवादी र जसपाले बराबरी सातरसातवटा मन्त्रालय पाउनेछन् भने कांग्रेस ८ वटा मन्त्रालय पाउने समझदारी बनेको स्रोतले जनाएको छ ।

माधव नेपाल समूहमा सरकारमा जाने र नजानेबारे दुईथरी मत छ ।

" /> सत्ता गठबन्धन अझै माधव नेपाल पक्षको पर्खाइमा - Sarbocha Media

सत्ता गठबन्धन अझै माधव नेपाल पक्षको पर्खाइमा

`

     २०७८ श्रावण १४ गते १२:१५

काठमाडौं, १४ साउन । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको पर्खाइमा छ।

शेरबहादुर देउवा र प्रचण्डबीच भएको छलफलपछि अझ केही दिन नेता नेपालको निर्णयलाई नै पर्खिने सहमति भएको छ ।

बिहीबार बिहानको बसेको सत्तापक्षको बैठकमा माधव नेपाललाई नपर्खिने निर्णय भएको थियो । तर प्रचण्ड र नेपालबीच दिउँसो भएको भेटपछि केही दिन पर्खिने भएको छ ।

नेपाल पक्ष सरकारमा नआएको अवस्थामा माओवादी र जसपाले बराबरी सातरसातवटा मन्त्रालय पाउनेछन् भने कांग्रेस ८ वटा मन्त्रालय पाउने समझदारी बनेको स्रोतले जनाएको छ ।

माधव नेपाल समूहमा सरकारमा जाने र नजानेबारे दुईथरी मत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?