काठमाडौं, १३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ प्रधानमन्त्री प्रिमियर लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् ।
काठमाडौंस्थित चिनियाँ दूतावासक अनुसार प्रधानमन्त्री खछ्याङले आज प्रधानमन्त्री देउवालाई बधाई दिदै उनको कार्यकालमा नेपाल र चीनको सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास लिएका छन् ।
चीन नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताउदै खछ्याङले दुई देशबीच रणनीतिक साझेदारीलाई अगाडी बढाउन चाहेको बताएका छन् ।
देउवालाई चिनियाँ समकक्षीले दुई सातापछि बधाई दिएका हुन् ।



