आजा बिहान नेपालसँगको भेटपछि बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नेपालले भनेको कुरा जस्ताको तस्तै भनेका थिए ।

‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छ,’ अध्यक्ष प्रचण्डले भने ।

बैठकमा अध्यक्ष प्रचण्डले नेपालको भागमा एक प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको बताएका छन्। अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ ।’

ओली सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखहरु फेर्न हाल मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

" /> माधव नेपाल समूह सरकारमा सहभागी हुने, दिइयो प्रदेश प्रमुख र योजना आयोगको एक सदस्य - Sarbocha Media

माधव नेपाल समूह सरकारमा सहभागी हुने, दिइयो प्रदेश प्रमुख र योजना आयोगको एक सदस्य

`

     २०७८ श्रावण १२ गते ११:०६

काठमाडौं, १२ साउन ।  माधवकुमार नेपालले देउवा सरकारमा सहभागी हुने बताएका छन् । पाँच दलीय गठबन्धनबाट बनेको देउवा सरकारमा आफूहरु सहभागी हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उनले वचन दिएका हुन् ।

आजा बिहान नेपालसँगको भेटपछि बोलाइएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नेपालले भनेको कुरा जस्ताको तस्तै भनेका थिए ।

‘माधवजीले पार्टीमा एकताको कुरा चलिरहन्छ, तर हामी सरकारमा सहभागी हुन्छौँ भन्नुभएको छ,’ अध्यक्ष प्रचण्डले भने ।

बैठकमा अध्यक्ष प्रचण्डले नेपालको भागमा एक प्रदेश प्रमुख र एकजना योजना आयोग सदस्य पनि छुट्याइएको बताएका छन्। अध्यक्ष प्रचण्डले बैठकमा भने, ‘प्रदेश प्रमुख र योजना आयोग सदस्यको पनि हामी नाम दिन्छौँ ।’

ओली सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखहरु फेर्न हाल मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?