काठमाडौँ, १२ साउन । जनता समाजवादी पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरु गरेको छ ।
सोमबार निर्वाचन आयोगले जसपाको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद् र प्रदेश सभाका
सांसदहरुले मंगलबारबाट छलफल सुरु गरेको छ ।
ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारमा भने नजाने स्पष्ट पारेको छ ।




