काठमाडौँ, ११ साउन । नेपाली काँग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको कोभिड–१९ को सङ्क्रमणका कारण निधन भएको छ । ४७ वर्षीय घिमिरेको आज बिहान पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका स्वर्गीय घिमिरेले नेपाली काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनको निधनबाट पार्टीले एक होनहार युवा नेतृत्वलाई गुमाएको पार्टीले जनाएको छ । उनको निधनप्रति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छ ।




