शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ । तीमध्ये ९ हजार ६७९ जनाको मृत्यु भएको छ भने ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् । जसमध्ये २४ हजार ९८३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८२ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

" /> पछिल्लो २४ घण्टामा थप २,९७७ जनामा कोरोना सङ्क्रमण पुष्टि, १८ को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप २,९७७ जनामा कोरोना सङ्क्रमण पुष्टि, १८ को मृत्यु

`

     २०७८ श्रावण ०८ गते १०:२४

काठमाडौँ, ८ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २,९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

देशभर १३६९८ जनाको पीसीआर परीक्षण गर्दा १९८२ र ३६१० जनाको एन्टीजेन परीक्षण गर्दा ९९५ जना गरी २९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उक्त समयभित्रमा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्‍यु भएको छ भने १६७८ जना संक्रमण मुक्त भएका छन् ।

शुक्रबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ७६ हजार ७०८ पुगेको छ । तीमध्ये ९ हजार ६७९ जनाको मृत्यु भएको छ भने ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ६६१ जना रहेका छन् । जसमध्ये २४ हजार ९८३ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ६७८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६८२ जना आईसीयू र १७५ जना भेन्टिलेटरमा उपचाररत् रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?