सिन्धुली, ७ साउन । सिन्धुलीमा बिहिबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको उपचारक्रममा मृत्यु भएको छ । सुनकोशी गाउँपालिका २ मझुवाबगर स्थित विपि राजमार्गमा मोटरसाइकल दुर्घट्ना हुँदा ३७ वर्षिया प्रकाश केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोज कुमार लामाले जानकारी दिए ।
नेपालथोकबाट खुर्कोटतर्फ आउदैँ गरेको बा ६२ प ९८८० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रीत भई सडकबाट अन्दाजी २५ फिट तल खोल्सीमा खस्दा रामेछाप खाँडादेवी गाउँपालिका ६ बस्ने केसीको मृत्यु भएको हो ।
दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भिर घाइते भई उपचारको लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको थियो । उपचारको क्रममा आज डाक्टरले मृत्यु घोषणा गरेको प्रवक्ता लामाले बताउनुभयो । उक्त घट्नाको अनुसन्धान भइरहेको लामाले बताए ।




