यूएनबाट प्राप्त सूचना अनुसार नेपालको ५ हजार ६ सय ८६ सु’रक्षाकर्मी शान्ति स्थापनाका लागि खटिएर गत वैशाख ३१ देखि तेस्रो नम्बरमा उक्लिएका सैनिक प्र’वक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यस्तै, पहिलो नम्बरमा रहेको बंगलादेशले ६ हजार ६ सय २६ र दोस्रोमा रहेको इथोपियाले ६ हजार १ सय १३ जना सुरक्षाकर्मी शान्ति स्थापनार्थ खटाएका छन । नेपालपछि रुवान्डा, पाँचौं नम्बरमा नेपालको दक्षिण छिमेकी भारत र छैटौंमा पाकिस्तान छन् ।

रुवान्डाले ५ हजार ६४, भारतले ५ हजार ५ सय ४८ र पाकिस्तानले ४ हजार ५ सय १६ जना सुरक्षाकर्मीहरु शान्ति स्थापनाका लागि खटाएका छन् ।

सैनिक प्रवक्ता पौडेलका अनुसार विश्व शान्तिको क्षेत्रमा बढी शान्ति सेना प्रदान गर्ने मुलुकमा रहनु नेपालप्रति अ न्य मुलुकको विश्वास हो ।नेपाल यूएनले चाहेको बेलामा आवश्यक सामग्रीसहित छिटो खटिन सक्छ भन्ने विश्वास पनि बढेको उनले बताए ।

‘यसले गर्दा नेपालले यूएनका माथिल्लो पदमा आफ्नो दाबी प्रस्तुत गर्नको लागि सहयोग पनि गर्छ,’ उनले भने ।सेनाका अनुसार असार १ सम्म नेपाली सेना द्वन्द्वग्रस्त विभिन्न मुलुकका ४३ शान्ति मिसनमा काम गरेको छ । हालसम्म १४ मिसनमा काम गरिरहेको छ ।

सेनाबाट अहिलेसम्म १ लाख ३५ हजार ३ सय ४३ जनाले शान्ति सेनामा गएर काम गरेका छन् ।नेपालले सन् १९५८ मा पहिलोपटक लेबनानमा ५ जना सुरक्षाकर्मी अब्जरभर को रूपमा पठाएर शान्ति मिसनका लागि काम गर्न थाले को थियो ।

त्यसपछि नेपालले पहिलो कन्टिन्जेन्ट पुरानो गोरखा बटालियनलाई सन् १८७४ मा इजिप्टमा पठाएर शान्ति सैनिकको रूपमा काम गरेको हो । यसबीचमा नेपालबाट ६ जना फोर्स कमान्डरसमेत भइरहेका छन् ।

" /> भारत, पाकिस्तानलाई पछि पार्दै नेपाली सेना विश्व कै तेस्रो नम्बरमा ! - Sarbocha Media

भारत, पाकिस्तानलाई पछि पार्दै नेपाली सेना विश्व कै तेस्रो नम्बरमा !

`

     २०७८ श्रावण ०७ गते १०:५०

काठमाडौँ, ७ साउन। संयुक्त राष्ट्रसंघ (यूएन) को शान्ति सेना योगदान गर्ने मुलुक हरुको वरीयतामा नेपाल तेस्रो नम्बरमा उक्लिएको छ ।

चौथो स्थानमा रहेको नेपालले योगदानमा अफ्रिकी मुलुक रुवान्डालाई पछि पार्दै स्थान सुधार गरेको हो । यूएन मिसनमा खटिने सुरक्षा फौजको सूचीमा अर्को दक्षिण एसियाली मुलुक बंगलादेश पहिलो नम्बरमा छ भने अफ्रिकी मुलुक इथोपिया दोस्रोमा छ ।

यूएनबाट प्राप्त सूचना अनुसार नेपालको ५ हजार ६ सय ८६ सु’रक्षाकर्मी शान्ति स्थापनाका लागि खटिएर गत वैशाख ३१ देखि तेस्रो नम्बरमा उक्लिएका सैनिक प्र’वक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

यस्तै, पहिलो नम्बरमा रहेको बंगलादेशले ६ हजार ६ सय २६ र दोस्रोमा रहेको इथोपियाले ६ हजार १ सय १३ जना सुरक्षाकर्मी शान्ति स्थापनार्थ खटाएका छन । नेपालपछि रुवान्डा, पाँचौं नम्बरमा नेपालको दक्षिण छिमेकी भारत र छैटौंमा पाकिस्तान छन् ।

रुवान्डाले ५ हजार ६४, भारतले ५ हजार ५ सय ४८ र पाकिस्तानले ४ हजार ५ सय १६ जना सुरक्षाकर्मीहरु शान्ति स्थापनाका लागि खटाएका छन् ।

सैनिक प्रवक्ता पौडेलका अनुसार विश्व शान्तिको क्षेत्रमा बढी शान्ति सेना प्रदान गर्ने मुलुकमा रहनु नेपालप्रति अ न्य मुलुकको विश्वास हो ।नेपाल यूएनले चाहेको बेलामा आवश्यक सामग्रीसहित छिटो खटिन सक्छ भन्ने विश्वास पनि बढेको उनले बताए ।

‘यसले गर्दा नेपालले यूएनका माथिल्लो पदमा आफ्नो दाबी प्रस्तुत गर्नको लागि सहयोग पनि गर्छ,’ उनले भने ।सेनाका अनुसार असार १ सम्म नेपाली सेना द्वन्द्वग्रस्त विभिन्न मुलुकका ४३ शान्ति मिसनमा काम गरेको छ । हालसम्म १४ मिसनमा काम गरिरहेको छ ।

सेनाबाट अहिलेसम्म १ लाख ३५ हजार ३ सय ४३ जनाले शान्ति सेनामा गएर काम गरेका छन् ।नेपालले सन् १९५८ मा पहिलोपटक लेबनानमा ५ जना सुरक्षाकर्मी अब्जरभर को रूपमा पठाएर शान्ति मिसनका लागि काम गर्न थाले को थियो ।

त्यसपछि नेपालले पहिलो कन्टिन्जेन्ट पुरानो गोरखा बटालियनलाई सन् १८७४ मा इजिप्टमा पठाएर शान्ति सैनिकको रूपमा काम गरेको हो । यसबीचमा नेपालबाट ६ जना फोर्स कमान्डरसमेत भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?