काठमाडौँ, ६ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप २८३८ जना नयाँ संक्रमित थपिएका छन् । २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १९१८ जना र एन्टिजन परिक्षण गर्दा ९२० जना गरि जम्मा २८३८ जना नयाँ संक्रमित थपिएका हुन् ।
आज थपिएको संक्रमितको संख्यामध्ये भक्तपुरमा ७८, ललितपुरमा १२८ र काठमाडौँमा ४९० जना रहेका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा १४७५ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या ३० भएको रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणदर १९.२ रहेको छ । कोरोना संक्रमणको परिक्षणको दायरा बढाउनु पर्ने भएको छ ।




