एजेन्सि, ६ साउन । दक्षिण अफ्रिकामा हिंसा र लुटपाट केही दिनदेखि परिस्थिति सामान्य बन्दै गएको यहाँका एक मन्त्रीले बताएका छन् ।
मन्त्री खुम्बुजो एनटिसाभेनीले मंगलबार पत्रकार सम्मेलनमा २४ घन्टा यता त्यस्तो लुटपाट हुन नपाएको बताएका हुन् । दक्षिण अफ्रिकाका दुई ओटा प्रान्तमा केही दिन यतादेखि हिंसा मच्चिएको थियो । ती स्थानमा पसलमा लुटपाट गर्ने र हिंसा मच्चाउने गरिएको थियो ।
दक्षिण अफ्रिकामा त्यहाँका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोपमा जेल हालिएको छ । त्यस क्रममा त्यहाँ हिंसा शुरु भएको हो । अहिले भने यहाँको अवस्था सामान्यतर्फ फर्किँदै गरेको र कुनै हिंसात्मक घटना नभएको तथा लुटपाटका कारण बन्द भएका सपिङ मलहरु खुला भएका उनले जानकारी दिए ।
जुमाका समर्थकहरुले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन पनि गरेका थिए । हिंसा प्रभावित प्रान्तमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ ।–सिन्ह्वा




