घटना लगत्तै प्रहरीले सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

सदा केही वर्ष यता चौधरीको घरमा बसेर काम गर्दै आएका थिए । सामान्य विवादमा नै खुकुरी प्रहार किन गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।

" /> उदयपुरमा खुकुरी प्रहार एक वृद्धको हत्या - Sarbocha Media

उदयपुरमा खुकुरी प्रहार एक वृद्धको हत्या

`

     २०७८ श्रावण ०६ गते ६:२६

उदयपुर, ६ साउन । आफ्नै घरको कामदारले खुकुरी प्रहार गरी उदयपुरमा एक बृद्धको हत्या गरेका छन् ।

बुधबार बिहान सामान्य विवादमा त्रियुगा नगरपालिका–१३ पोर्ताहका ४५ वर्षीय मेमोरी भनिने किसान सदाले खुकुरी प्रहार गर्दा त्रिनपा–८ उत्तराईटोलका ६५ वर्षीय बृद्ध महिकर चौधरीको ज्यान गएको हो ।

घटना लगत्तै प्रहरीले सदालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको उनले बताए ।

सदा केही वर्ष यता चौधरीको घरमा बसेर काम गर्दै आएका थिए । सामान्य विवादमा नै खुकुरी प्रहार किन गरियो भन्ने विषयमा अनुसन्धान भइरहेको डीएसपी गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?