काठमाडौँ, ५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार थप ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन् भने २५ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा पिसिआर र एन्टिजेन विधिबाट कुल १३ हजार १३५ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका मन्त्रालयले जनाएको छ ।
थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ।
पछिल्लो २४ घण्टामा १ हजार ५९५ जना कोरोनाबाट मुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये निको हुनेको संख्या ९४.६ प्रतिशत रहेको छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।




